प्राधिकरणले सूचनाबिना लाइन छाड्दा मजदुरको मृत्यु भएकोबारे संसद्मा ध्यानाकर्षण
नेपालखोज
२०८२ जेठ ५ गते १२:२४

काठमाडाैं । काभ्रेको धुलिखेलमा विद्युत्को खम्बामा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको विषयमा संसद्मा ध्यानाकर्षण गराइएको छ ।
आइतबार प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादीका काभ्रेबाट निर्वाचित सांसद सूर्यमान दोङले प्राधिकरणको लापरबाहीका कारण ती मजदुरको ज्यान गएको बताए ।
यस्तै, नेपाल विद्युत प्राधिकरणको लापरबाहीको कारण विद्युतको खम्बामा काम गरिरहेका मजदुरको करेन्ट लागेर मृत्यु भएको भन्दै आपत्ति जनाएका छन् । शाहीले करेन्ट लागेर मजदुरको मृत्यु हुनु कुनै दुर्घटना नभई हत्या गरिएको भन्दै आपत्ति जनाए ।
सरकारले फरक विचार राखेकै आधारमा पक्राउ गरिरहेको भन्दै सरकारको विरोध समेत गरे ।
सम्बन्धित
प्रतिक्रिया