सोमबार, जेठ ६, २०८२

मन्त्रिपरिषद्को बैठक बस्दै, पाउला त गभर्नर राष्ट्र बैंकले ?

नेपालखोज २०८२ जेठ ६ गते १०:४८

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्ने भएकाे छ ।

सोमबारको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज साँझ बस्ने बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना प्रबल रहेको बताइएको छ ।

सरकारले गत बुधबार गभर्नर सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थमन्त्री विष्णु पौडल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे समितिमा रहेका छन् ।

समितिको बैठक आजै बसेर गभर्नरका लागि ३ जनाको नाम सिफारिस गर्ने जनाइएको छ । समितिले सिफारिस गरेका ३ जना मध्येबाट एक जनाको नाम मन्त्रिपरिषदले अनुमोदन गर्ने जनाइएको छ ।

प्रतिक्रिया