रविको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

नेपालखोज २०८२ जेठ ५ गते १२:१४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट प्रधानन्यायाधीशको इजलासमा परेको छ ।

पटक-पटक ‘हेर्न नमिल्ने’मा पर्दै आएको उक्त रिट सोमबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुने भएको हो ।

लामिछानेसँगै कारागार कार्यालय रूपन्देहीमै रहेका पूर्वडिआइजी छविलाल जोशीको रिट पनि एकसाथ राखिएको छ । आइतबार लामिछानेको रिट न्यायाधीश मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो ।

तर उक्त इजलासले ‘हेर्न नमिल्ने’लाई तर्काएर बाँकीले गोला तान्ने व्यवस्था गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया