शिक्षा विधेयकका सम्वन्धमा उपसमितिको प्रतिवेदनमाथि हतारमा टिकाटिप्पणी गर्नु उचित हुँदैन् : शिक्षामन्त्री पन्त
नेपालखोज
२०८२ जेठ ६ गते १६:३२

काठमाडाैं । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकका सम्वन्धमा उपसमितिको प्रतिवेदनमाथि हतारमा टिकाटिप्पणी गर्नु उचित नहुने बताएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पन्तले उपसमितिको प्रतिवेदनमाथि छलफल नै गर्न बाँकी भएको र केहि बिषय अझै टुङ्गो लाग्न नसकेकाले हतारमा टिकाटिप्पणी गर्नु उचित नहुने बताएका हुन् ।
उनले विद्यालय शिक्षा विधेयकका अपूर्ण बिषयलाई समितिमार्फत पूर्ण गरिने बताए । उपसमितिको प्रतिवेदनमाथि यहि ७ गतेदेखि शिक्षा समितिमा छलफल हुने भएकोले हतार गर्न नहुने उनको भनाइ छ ।
विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्रतिवेदन बुझाएको थियो । उपसमितिको प्रतिवेदनमाथि शिक्षक महासंघले असन्तुष्टि जनाइसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया