सोमबार, जेठ ६, २०८२

अखेटोपहारसहित दुई पक्राउ

नेपालखोज २०८२ जेठ ६ गते १८:४४

चितवन । गैँडाको खाग जस्तो देखिने अखेटोपहारसहित दुईजना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार भरतपुर महानगरपालिका–९ बिसहजारी सडक क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्ने दुवै जना पुरुष रहेको उनले बताए । उनीहरुलाई निकुञ्जका कर्मचारी र नेपाली सेनाको नयाँ गोरख गणको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथी अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो । अनुसन्धानमा रहेका उनीहरुको नाम गोप्य राखिएको छ । -रासस

प्रतिक्रिया