मङ्गोलियामा करिब सात लाख हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित
नेपालखोज
२०८२ जेठ ५ गते २१:५४

उलान बातोर । मङ्गोलियामा चालु वर्षको सुरु देखि हालसम्म ८९ वटा वन र घाँसे मैदानी क्षेत्रमा आगलागी भएको छ । ती डढेलोबाट सात लाख ४८ हजार आठ सय दुई हेक्टर क्षेत्रफल जलेर नष्ट भएको राष्ट्रिय विपद् व्यवस्थापन निकायले जानकारी दिएको छ ।
आगलागीका कारण करिब चार अर्ब ३० करोड मङ्गोलियाली मुद्रा बराबरको क्षति पुगेको सो निकायले जनाएको छ । प्राकृतिक डढेलो हुने प्रमुख कारणहरूमा सर्वसाधारणले आगोको लापरवाहीपूर्ण प्रयोग गर्नु तथा घाँस तथा फोहोर जलाउने जस्ता काम रहेको विज्ञहरूले बताएका छन् ।
सुख्खा र हुरी युक्त मौसमका कारण वसन्त ऋतुमा मङ्गोलियाको अधिकांश भागमा एक्कासी डढेलो लाग्ने सम्भावना बढी रहेको जनाउँदै, सो निकायले आम जनतालाई डढेलो रोकथाममा सजग रहन आह्वान गरेको छ । -रासस/सिन्ह्वा
सम्बन्धित

प्रतिक्रिया