जुवा (ओखर) खेलिरहेको अवस्थामा १० जना पक्राउ

सूर्यविनायक नगरपालिका–८ पाइलट बाबास्थित जङ्गलमा जुवा (ओखर) खेलिरहेको अवस्थामा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–३ बस्ने ४५ वर्षीय तिर्थ बहादुर नगरकोटी समेत १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ४ सय १५ रूपैयाँ र ओखर २१ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा एक जनाको मृत्यु
लालबन्दी नगरपालिका–१७ रानीगंजस्थित सडकमा ना.६ ख ७२२७ नम्बरको बसले ना.१ ज २६४५ नम्बरको म्याजिकलाई सोमबार दिउँसो ठक्कर दिँदा म्याजिकमा सवार सोही ठाउँ बस्ने २२ वर्षीया सोना पन्तको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मोडेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका म्याजिकमा सवार मध्ये ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारको लागि सुमेरू अस्पताल काठमाडौं रिफर गरिएको छ । प्रहरीले हाल फरार बस चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
चट्याङ लागेर मृत्यु
पूर्वीचौकी गाउँपालिका–२ वाडी बस्ने ४० वर्षीया देउमती साउँदको चट्याङ लागेर सोमबार बेलुकी मृत्यु भएको छ । आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल डोटीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै चट्याङ लागेर घाइते भएकी १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया