मंगलबार, जेठ ७, २०८२

बागमती प्रदेशसभामा विभिन्न विधेयक तथा प्रतिवेदन पेस

नेपालखोज २०८२ जेठ ७ गते २०:३१

मकवानपुर । बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बागमतीका मुख्य न्यायाधीवक्ता कार्यालयको २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरे ।

उक्त बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) विधेयक प्रस्तुत गरे ।

यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले ‘प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ प्रस्तुत गरे ।

बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकालले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१ र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमा सम्बन्धित समितिको प्रतिवेदन २०८१ पेस गरे ।

यसैगरी उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१ लाई प्रस्तुत गरे ।

आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी राखेको स्तावमाथि बुधबार र बिहीबार बस्ने बैठकमा पूर्ण छलफल गरिने कार्यसूची रहेको सभामुख भुवनकुमार पाठकले जानकारी गराए । प्रदेशसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने छ । -रासस

प्रतिक्रिया