‘अन्तर्राष्ट्रिय दबाबका बाबजुद पनि गाजामा अहिलेसम्म कुनै सहायता वितरण गरिएको छैन’

काठमाडाैं । ११ हप्ताको नाकाबन्दी पछि राहत सामग्री बोकेका ट्रकहरू गाजामा प्रवेश गर्न थाले पनि अहिलेसम्म त्यहाँका मानिसहरूसम्म कुनै पनि सहायता पुग्न नसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
इजरायली अधिकारीहरूले मंगलबार ९३ ट्रकमा आटा, शिशु खाना र औषधि बोकेर गाजा आइपुगेको बताएका छन् । तर संयुक्त राष्ट्रसंघले प्यालेस्टिनी क्षेत्रको केरेम शालोम क्रसमा ट्रकहरू आइपुगे पनि मानिसहरूलाई अहिलेसम्म कुनै पनि सहायता वितरण नगरिएको बताएको छ ।
संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले एउटा टोलीले इजरायललाई क्षेत्रमा प्रवेश गर्न अनुमति दिन धेरै घण्टा पर्खेकाे तर दुर्भाग्यवश उनीहरूले राहत सामग्री पुर्याउन नसकेन बताए ।
अन्तर्राष्ट्रिय विज्ञहरूले अनिकालको जोखिमको चेतावनी दिएपछि इजरायलले आइतबार गाजामा आधारभूत मात्रामा खाद्यान्न पठाउन अनुमति दिएको छ ।
यसैबीच, विश्वका केही देशहरूले इजरायललाई गाजामा आक्रमण रोक्न दबाब दिएका छन्, जसमा बेलायत, फ्रान्स र क्यानडा पनि समावेश छन् । बीबीसी

प्रतिक्रिया