गर्भनर नियुक्त भएसँगै सेयर बजारमा गिरावट, १० अर्ब ६९ करोडकाे काराेबार

काठमाडौं । आज बुधबार भने ७ दशमलव ९४ अंकले घटेर २ हजार ६६९ दशमलव ५१ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ० दशमलव १७ अंकले घटेर चार सय ५० दशमलव ८४ अंकमा झरेको छ ।
नेप्सेमा आज ३१६ वटा कम्पनीको ८८ हजार १२१ पटकको कारोबारमा दुई करोड ३० लाख २६ हजार २४५ कित्ता शेयर खरिद- बिक्री भएकोमा कुल कारोबार रकम १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार ६८० रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएकोमा तीन वटा समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ३ दशमलव ५१ अंकले बढेर १३ सय ४४ अंकमा पुगेकोमा बिकास बैंक समूहको सूचक पनि १२ दशमलव ८३ अंकले बढेर पाँच हजार ५२२ दशमलव छ अंकमा चढेको छ ।
सामुहिक लगानी कोष समूहको सूचक पनि शुन्य दशमलव शुन्य चार अंकले बढेको छ । फाइनान्स समूहको सूचक भने पाँच दशमलव १४ अंकले घटेर २ हजार ४४५ दशमलव ८५ अंकमा झरेकोमा जलबिद्युत समूहको सूचक पनि ३१ दशमलव ५८ अंकले घटेर तीन हजार ४९२ दशमलव २७ अंकमा झरेको छ ।
जीवन बिमा समूहको सूचक ८ दशमलव १४ अंकले घटेर १३ हजार ४१३ दशमलव ३४ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि २ दशमलव २६ अंकले घटेर १२ हजार ५६७ दशमलव ९७ अंकमा झरेको छ । यि बाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः १४ दशमलव ४३, ० दशमलव ४०, ४९ दशमलव ७८, २३ दशमलव ५४, १७ दशमलव ४३ र एक दशमलव ८९ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा ओम मेगाश्री फर्मासिटिकल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्वेत गंगा हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने राधी जलबिद्युत कम्पनी परेको छ ।
प्रतिक्रिया