बुधबार, जेठ ८, २०८२

‘विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पुराउन गम्भीर छु’

नेपालखोज २०८२ जेठ ८ गते १७:४९

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा पुराउन आफु गम्भीर रहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिको प्रतिवेदन माथि छलफलका क्रममा मन्त्री पन्तले निरन्तर छलफल गरि विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पुराउन आफु गम्भीर रहेको बताएका छन् । विधेयकमा रहेका कतिपय बिषयमा राजनीति तहमा पनि सहमति खोज्नुपर्ने देखिएको उहाले बताए ।

मन्त्री पन्तले विधेयकमा सहमति भएका बिषयलाई अघि बढाउने र सहमति हुन नसकेका बिषयमा अन्तिममा टुङ्गोमा पुराउने गरि छलफल अघि बढाउन सुझाव दिए ।

समिति सभापति अम्वर बहादुर थापाले जेठ १५ गते बजेट आउनुअघि नै विधेयकलाई टुङ्गोमा पुराउनुपर्नेमा जोड दिए । उनले अनिवार्य शिक्षा क्षेत्रका सुधारका लागि राज्यलाई एकैपटक भार नपर्ने गरि चरणबद्ध रुपमा सुधारका योजना ल्याउनुपर्ने जिकिर गरे ।

प्रतिक्रिया