विद्युतीय खरिदसम्बन्धी आधारभूत तालिम

पाटन (ललितपुर) । सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडाैं र बागमती गाउँपालिका पूर्वाधार विकास संस्थाद्वारा संयुक्त रुपमा विद्युतीय खरिदसम्बन्धी आधारभूत तालिम यहाँ आयोजना गरिएको छ ।
सो अवसरमा बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले दीर्घकालीन योजना अनुरुप विकास निर्माणका लागि अनुकूल नीतिगत व्यवस्था गरिनुपर्नेमा जोड दिए । सूचना प्रविधिको युगमा पारदर्शीता, प्रतिस्पर्धा र जवाफदेहितालाई सुनिश्चित गर्न विद्युतीय खरिद प्रणाली एक आवश्यक उपकरण बनेको छ । यस प्रणालीबाट सार्वजनिक खरिद प्रक्रियामा हुने अनियमितता, ढिलासुस्ती तथा अपारदर्शीता हटाउन सकिन्छ, यसबाट सरकारको खर्चमा पारदर्शीता ल्याउन सहयोग पुर्याएको छ । उनले भने ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव रामचन्द्र दङ्गालले अनलाइनबाट सेवा प्रवाह गर्ने पद्दतिको विकास भएको वर्तमान समयमा बोलपत्रदाता विद्युतीय खरिद प्रणालीमा अध्यावधिक हुनु अनिवार्य भएको बताए ।
कार्यक्रममा बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामी, निर्माण व्यवसायी सङ्घ ललितपुरका वरिष्ठ उपाध्यक्ष भगिरथ तिमल्सिनालगायतले धारणा राखेका थिए।
प्रतिक्रिया