बिहीबार, जेठ ९, २०८२

१९ अंकले बढ्दा झण्डै १० अर्बको शेयर किनबेच

नेपालखोज २०८२ जेठ ९ गते १५:५१

काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन झण्डै आठ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि १९ दशमलव चार अंकले बढेर २६ सय ८८ दशमलव ५५ अंकमा चढेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव आठ अंकले बढेर चार सय ५७ दशमलव ९३ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय १४ वटा कम्पनीहरुको ८६ हजार छ सय ८५ पटक शेयर किनबेच भएको छ । जसबाट दुई करोड २३ लाख ९६ हजार तीन सय २९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम नौं अर्ब ८२ करोड २० लाख ७० हजार छ सय ८२ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक ५२ दशमलव ९८ अंकले बढेर १३ सय ९६ दशमलव ८७ अंकमा पुगेकोमा लघुवित्त समुहको सुचक पनि एक सय २३ दशमलव ६८ अंकले बढेर चार हजार आठ सय ६२ दशमलव ६१ अंकमा पुगेको छ ।

निर्जीवन बीमा समुहको सुचक पनि पाँच दशमलव ५१ अंकले बढेर १२ हजार पाँच सय ७३ दशमलव ४१ अंकमा चढेकोमा सामुहिक लगानी कोष समुहको सुचक पनि शुन्य दशमलव शुन्य तीन अंकले बढेका छन् । बिकास बैंक समुहको सुचक भने २२ दशमलव ७१ अंकले घटेर पाँच हजार चार सय ९४ दशमलव ६९ अंकमा झरेकोमा फाईनान्स समुहको सुचक पनि सात दशमलव ५४ अंकले घटेर २४ सय ३८ दशमलव ३० अंकमा झरेको छ ।

जलबिद्युत समुहको सुचक पनि ३८ दशमलव ६३ अंकले घटेर तीन हजार चार सय ४९ दशमलव ९७ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि २९ दशमलव ९३ अंकले घटेर १३ हजार तीन सय ७० दशमलव २० अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः एक सय ९७ दशमलव ६६, शुन्य दशमलव ४८, ५० दशमलव २९, चार दशमलव ३३ र १५ दशमलव ८० अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ओम मेगाश्री फर्मासिटिकल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बाराही हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने ङादी ग्रुप पावर लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया