नवनियुक्त गर्भनरसँग बैंर्कस संघकाे भेटवार्ता, भन्छन्- बैंकिङ्ग क्षेत्रलाई सुदृढ र प्रभावकारी बनाउन सहयाेग गर्दिनु
नेपालखोज
२०८२ जेठ ९ गते १८:०३

काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले बिहिबार नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गर्दै उनलाई बधाई तथा शुभकामना प्रदान गरेका छन् ।
सो अवसरमा संघका पदाधिकारीहरूले बैंकिङ्ग क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सदैव नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको पनि उल्लेख गरे ।
नव नियूक्त गभर्नरले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै, विद्यमान चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने बताएको संघले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया