बिहीबार, जेठ ९, २०८२

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु

नेपालखोज २०८२ जेठ ९ गते १९:४०

याङ्गुन । म्यान्माका एक अवकाशप्राप्त जनरलको बिहीबार गोली हानी हत्या गरिएको दुई सैन्य स्रोतले बताएका छन् । हत्या गरिएका जनरल कम्बोडियाका लागि पूर्व राजदूतसमेत भई काम गरेका थिए ।

म्यान्मारको सेनाले सन् २०२१ मा भएको ‘कू’ मार्फत सत्ता कब्जा गरेपछि म्यान्माको सिमानामा लामो समयदेखि सक्रिय प्रजातन्त्र समर्थक समूह र पुनरुत्थानवादी जातीय सशस्त्र समूहविरुद्ध गृहयुद्ध सुरु भएको थियो ।

अधिकांश युद्ध ग्रामीण क्षेत्र र साना बस्तीहरूमा मात्र सीमित छ । म्यान्माको सबैभन्दा ठूलो शहर याङ्गूनमा प्रहरी र जुन्ता–सम्बद्ध लक्ष्यहरूमा छिटपुट ग्रेनेड र बन्दूक आक्रमणहरू नियमित रूपमा रिपोर्ट गरिन्छ ।

सेनानिकट स्रोतका अनुसार कम्बोडियाका पूर्व जनरल तथा कम्बोडियाका राजदूत चो तुन आङलाई स्थानीय समयअनुसार बिहान ८ः३० बजे तिर याङ्गुनस्थित उनको घरबाहिर गोली हानी हत्या गरिएको थियो ।

आफू सूचना सार्वजनिक गर्ने अख्तियारप्राप्त व्यक्ति नभएको बताउँदै नाम नबताउने शर्तमा एक सैनिक अधिकारीले चो तुन आङलाई गोली हानेर मारिएको पुष्टि गरे । -रासस/एएफपी

प्रतिक्रिया