यार्सा खोज्न गएकी महिलाको चट्याङ लागेर मृत्यु
नेपालखोज
२०८२ जेठ ९ गते १९:४४

जुम्ला । चट्याङ लागेर यहाँ एक महिलाको मृत्यु भएको छ । आज दिउँसो ४ बजेतिर चट्याङ लागेर यहाँको तातोपानी गाउँपालिका–८ स्थित टोप्ला गाउँकी २७ वर्षीया कल्पना शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीनबाबु रेग्मीले जानकारी दिए ।
मृतक शाही सुब्बाकुना पाटनमा यार्सागुम्बा खोज्न गएका थिइन् । पाटनमा यार्सागुम्बा खोज्ने क्रममा चट्याङ परी मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी पठाइएको प्रहरीले जनाएको छ । -रासस
सम्बन्धित
प्रतिक्रिया