अमेरिकी राजदूत मुस्ताङमा

मुस्ताङ । नेपालका लागि अमेरिकी राजदुत डिन आर थम्पसन यहाँका सांस्कृतिक सम्पदाको अवलोकन गर्न यहाँ आइपुगेका छन् ।
यहाँका सांस्कृतिक सम्पदाको सम्वद्र्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले उनी अवलोकन भ्रमणका लागि यहाँ आएका हुन् । नेपालर अमेरिकाबीचको साझेदारीलाई बलियो बनाउन तथा दिगो पर्यटन, आर्थिक वृद्धि र सांस्कृतिक निरन्तरतामा योगदान पु¥याउने उद्देश्यले राजदुत थम्पसनले मुस्ताङको भ्रमण गरेका नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
राजदूत थम्पसनसहितको टोलीले अमेरिकी सरकारको सांस्कृतिक संरक्षण सम्बन्धी राजदूत कोष (एएफसीपी) को सहयोगमा जीर्णोद्वार गरिएका सांस्कृतिक सम्पदास्थलको भ्रमण गर्नुहुने अमेरिकी दूतावासले जनाएको छ ।
साथै सोही क्रममा राजदूत थम्पसनले स्थानीय समुदाय तथा परियोजना टोलीहरुसँग छलफल तथा अन्तरक्रिया गर्नुहुने बताइएको छ । एएफसीपीमार्फत जीर्णोद्वार गरिएका सम्पदाको स्थलगत अवलोकनका क्रममा राजदूत थम्पसनले उपल्लो मुस्ताङमा शनिबारदेखि सुरु हुने तिजी पर्वको अवलोकन गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । -रासस
प्रतिक्रिया