शुक्रबार, जेठ १०, २०८२

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०८२ जेठ १० गते १८:००

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नवलपरासी पूर्व कावासोती नगरपालिका–४ बस्ने ३८ वर्षीय प्रदिप भुसाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत कैलालीबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२२ सुन्धाराबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय सुखड कैलाली पठाइएको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

बाराको निजगढ नगरपालिका–९ लच्कास्थित सडकमा बा.प्र ०३–००४ प ६३५२ नम्बरको मोटरसाइकललाई बा.प्र ०१–००६ ख ७७०१ नम्बरको बसले बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ टेन्जिङग टोल बस्ने ४० वर्षीय दिपक प्रसाद नेपालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कलैया प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाको नगराईन नगरपालिका–४ फुलगामास्थित सडकमा मधेश प्रदेश २–००६ प ३७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक कमला नगरपालिका–३ माची बस्ने २८ वर्षीय रामजिवन यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सर्लाहीको मलंगवा नगरपालिका–८ कुशुम पार्टी प्यालेस अगाडि सडकमा गोरखकालीबाट मलंगवातर्फ आउँदै गरेको बीआर ०६ एई ९६६८ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–३ बस्ने ७० वर्षीया हसिना खातुनको बिहीबार दिउसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको खैरहनी नगरपालिका–२ ज्यामिरेचोकमा बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको बस र बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको कार एकआपसमा ठक्कर खाई गए राति दुर्घटना हुँदा कार चालक सोही नगरपालिका–८ बस्ने ४२ वर्षीय प्रदिप तिमल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडीकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तेह्रथुमको आठराई गाउँपालिका–३ हवाकुस्थित पन्चमी टोलमा ठुटेवरबाट लुम्बुनी पुलतर्फ जाँदै गरेको ना.७ त ६३४९ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक बारा अमलिस गन्ज बस्ने ३२ वर्षीय किशान परियारको मृत्यु भएको छ । बिहीबार दिउसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको गणेशमान सिंह अस्पताल पाँचथरमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया