‘सामाजिक र आर्थिक समृद्धिको अगुवाइ माओवादीले गर्छ’

पर्वत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक परिवर्तनपछि सामाजिक र आर्थिक समृद्धिको अगुवाइ माओवादीले गर्ने बताएका छन् ।
‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’को क्रममा आज पर्वत सदरमुकाम कुश्मामा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा माओवादीले कसैको सहारा नलिने बताए । अबको निर्वाचनमा माओवादी आफ्नै तागतले उभिने उनको भनाइ छ ।
हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गको जनजागरण अभियानमा देखिएको जनताको उत्साहले आफू पनि उत्साहित भएको उनले बताए ।
समाजवादी मोर्चाले सरकारलाई सच्चिन र मुलुकको हितमा काम गर्न खबरदारी गर्दै आएको उनले उल्लेख गरे । जनसंवादमा जिल्लास्थित पत्रकार, उद्योगी व्यवसायी, शिक्षक, स्वास्थ्य तथा सामाजिक सङ्घसंस्थाका प्रमुखहरुले विभिन्न जिज्ञासाहरु राखेका थिए ।
प्रतिक्रिया