‘समृद्धिका लागि एकताबद्ध प्रयास अपरिहार्य’

काठमाडौं । राजनीतिक परिवर्तनमा सहकार्य गरेका प्रमुख राजनीतिक दलका नेताहरूले मुलुकलाई समृद्धितर्फ लैजान एकताबद्ध प्रयास आवश्यक रहेकामा जोड दिएका छन् ।
सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक समस्या र समाधान’ विषयक अन्तरक्रियामा उनीहरूले अस्थिरताको दुष्चक्रबाट मुलुकलाई माथि उकास्न राष्ट्रिय सहमति आवश्यक भएकोमा जोड दिए ।
राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै जनअपेक्षा पूरा गर्नेतर्फ दलगम्भीर हुनुपर्ने उल्लेख गर्दै उनीहरूले संविधान संशोधनमार्फत राजनीतिक स्थिरता र सुशासनको माध्यमबाट जनअपेक्षा सम्बोधन गरिनुपर्ने बताए ।
नेपाली कांग्रेसका नेता एनपी साउदले राजनीतिक अस्थिरताका कारण मुलुकले समृद्धिको यात्रा तय गर्न नसकेको उल्लेख गर्दै राष्ट्रिय सहमतिका साथ निश्चित समयसम्म स्थिर सरकार बनाएर अघि बढ्नुपर्ने बताए ।
नेता साउदले विभिन्न नाममा व्यवस्थाका विरूद्धमा सडकमा आउने क्रम देखिएको जनाउँदै संविधान निर्माताले सबैलाई संविधानको दायराभित्र ल्याउने प्रयत्न गर्नुपर्नेमा जोड दिए । ठूलो मेहिनतका साथ संविधानसभाबाट निर्मित संविधानको कार्यान्वयन राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया