शुक्रबार, जेठ १०, २०८२

‘बाढीजन्य विपद् आगामी दिनमा नआउने नगरी पूर्वतयारी थाल्नुपर्छ’

नेपालखोज २०८२ जेठ १० गते २१:२०

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले गत असोजको वर्षाले सिर्जना गरेको बाढीजन्य विपद् आगामी दिनमा नआउने गरी पूर्वतयारी गर्नुपर्ने बताएकी छन् ।

आज विश्व बैंकका प्रतिनिधिहरूसँगको बैठकमा उनले पूर्वतयारीका लागि आवश्यक काम तत्काल सुरुआत गर्नुपर्नेमा जोड दिँदै तथ्य सङ्कलन र बाढी, पहिरोको प्रमुख कारण पत्ता लगाएर मध्यकालीन र दीर्घकालीन योजनाका तर्जुमा गर्नुपर्ने बताइन् । सरोकार भएका र साझेदारी निकायसँग समन्वय र सहकार्य गरी विगतमा भएका गल्ती सच्याउँदै जानुपर्ने उनको भनाइ छ ।

सहरी विकासका विषय चुनौतीपूर्ण भए पनि सबै मिलेर समाधानका उपाय खोज्नुपर्ने उपप्रमुख डङ्गोलले उल्लेख गरिन् । आगामी दिनमा बाढीजन्य विपद्बाट हुने क्षति न्यूनीकरणका लागि कामपाले नदी सुधार गुरुयोजना तयार पारिरहेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया