मादी नदी जिप दुर्घटना : मृतक तीन जनाको सनाखत
नेपालखोज
२०८२ जेठ १२ गते ७:१८

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा व्यास –५ पाटन बस्ने अन्दाजी ३५ वर्षीय प्रविन थापा मगर, सोही ठाउँ बस्ने २२ वर्षीय कुमार थापा र २०÷२२ वर्षीय कुशल थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।
दुर्घटनामा जिप चालक व्यास नगरपालिका–४ बस्ने २५ वर्षीय रोहित गुप्ता र वीरगञ्ज घर भई दमौली बस्ने २० वर्षीय धीरज रौनियार घाइते भएका छन् ।
घाइतेमध्ये धीरजलाई थप उपचारका लागि पोखरा पठाइएको छ । दुर्घटनाका घाइतेलाई नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरेका थिए । -रासस
सम्बन्धित
प्रतिक्रिया