राजदूत लम्साल र रूपाखेतीलाई अतिरिक्त जिम्मेवारी
नेपालखोज
२०८२ जेठ १२ गते १६:३६

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले बेल्जियम अधिराज्यका लागि नेपालका आवासीय राजदूत सेवा लम्साललाई लक्जेम्बर्गका लागि र सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका आवासीय राजदूत डा शैल रुपाखेतीलाई होली सीका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरूलाई आज ती देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन् । राजदूत रुपाखेतीलाई गणतन्त्र पोल्याण्ड, हङ्गेरी, रोमानिया र स्लोभाक गणतन्त्रका लागि पनि गैरआवासीय राजदूत नियुक्त गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया