आइतबार, जेठ १२, २०८२

चीनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

नेपालखोज २०८२ जेठ १२ गते २१:२७

नान्निङ । दक्षिण चीनको ग्वाङ्शी झुआङ स्वायत्त क्षेत्रको एक गाउँमा शुक्रबार बिहान आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन् ।

ग्वेइलिन शहरअन्तर्गत लङसेङ काउन्टीको सानसे गाउँमा आएको विपत्तिपछि खोज तथा उद्धार कार्यका लागि नौ वटा टोली परिचालन गरिएको छ । आइतबार साँझ ६ बजेसम्म थप तीन जनाको शव फेला पारिएसँगै मृतक सङ्ख्या ६ पुगेको हो ।

हालसम्म दुई जना अझै बेपत्ता रहेका छन् । उद्धार कार्य तीव्र र व्यवस्थित रूपमा भइरहेको स्थानीय अधिकारीहरूले जनाएका छन् । सबै पक्ष उच्च सतर्कताका साथ खोजी अभियानमा संलग्न रहेका छन् ।

प्रतिक्रिया