मंगलबार, जेठ १४, २०८२

महालक्ष्मी विकास बैंकको ३१औँ वार्षिकोत्सवको अवसरमा ३१ जना महिला उद्यमीलाई सम्मान

नेपालखोज २०८२ जेठ १३ गते १०:४६

काठमाडौं । महालक्ष्मी विकास बैंकले ३१ जना महिला उद्यमीहरुलाई सम्मान गरेको छ । यही जेठ सात गते ३१औँ वर्पमा प्रवेश गरेको अवसरमा जेठ चार गते देखी जेठ १० गते सम्म महिनाब्यापी रुपमा वार्षिक उत्सव मनाउने क्रममा बैंकले महिला उद्यमीहरुलाई देशै भरीका विभिन्न शाखा कार्यालयमार्फत विभिन्न कार्यक्रम गरी सम्मान गरेको हो ।

वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मुल प्रवाहमा ल्याउने उद्धेश्य सहित उक्त सम्मान गरिएको हो । यस कार्यबाट उद्यमशिलतालाई समेत प्रबद्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा जेष्ठ ६ गते देश भरका १० वटा शाखा कार्यालय र बैंकको केन्दिय कार्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यत्रमहरु मार्फत ३२० पिन्ट रगत संकलन गरिएको थियो । स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३१ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमहरु सञ्चालन गरेको हो ।

साथै बैंकले जेष्ठ ७ गते बुधबार केन्दिय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयमार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानीय भेषभूषा सहितको पहिरनमा उपस्थीत भई सम्बन्धीत भेषभुषाको प्रहसन गरिएको थियो । यसका साथै बैंकको केन्दिय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर समेत सञ्चालन गरेको छ ।

त्यस्तै केन्दिय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम समेत सम्पन्न गरिएको छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ सेवा: जस्तै मोवाईल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डको प्रयोग गरिएको थियो ।

वार्षिक उत्सवको महत्वपुर्ण कार्यक्रमको रुपमा रहेको र विगत ३ बर्षदेखि सफलतापुर्वक सञ्चालन गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको चौथो श्रृङखला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग-२०२५, श्रृङखला ४) २४ टिमको सहभागितामा बैंकले जेष्ठ २१, २२, २३ र २४ गते सञ्चालन गर्नेछ ।

प्रतिक्रिया