कजारियाको नयाँ शोरूम जीतपुर, बारामा उद्घाटन

नेपालखोज २०८२ जेठ १२ गते १०:५६

काठमाडौं । भारतको नम्बर १ टायल कम्पनी, कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै जीतपुर, बारामा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ । हिमाल ट्रेडिङ्गद्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।

उद्घाटन् समारोहमा प्रमुख अतिथिको रूपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका पूर्व मन्त्री कृष्ण कुमार श्रेष्ठको उपस्थिति रहेको थियो । साथै, कजारिया रमेश टाइल्स लिमिटेडका सेल्स प्रतिनिधिको उपस्थितिले कार्यक्रमलाई थप गौरवमय बनायो । यस अवसरलाई विशेष बनाउन, प्रमुख अतिथिले रिबन काटेर यस महत्वपूर्ण विस्तारको शुभारम्भ गरे ।
समारोहलाई सम्बोधन गर्दै पूर्व मन्त्री कृष्ण कुमार श्रेष्ठले नयाँ शोरूमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे ।

बारा जिल्लाको महत्वपूर्ण क्षेत्र जीतपुरमा रहेको यो नयाँ सोरुमले प्रिमियम टायलको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ । यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्ड सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ । प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो ।

काजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ । विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिलाई ध्यानमा राख्दै ३,००० भन्दा बढी विशेष डिजाइन विकल्प प्रस्तुत गर्दछ ।

नेपालभर ४० भन्दा बढी एक्सक्लुसिभ शोरूम र १०० भन्दा बढी भरपर्दो डिलरको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ। कजारियाले ३०ह३० से.मी., ३०ह६० से.मी., ३०ह४५ से.मी., ६०ह६० से.मी., ६०ह१२० से.मी. र १९.५ह१२० से.मी. जस्ता विभिन्न साइजमा वाल र फ्लोर टाइल्सको विस्तृत र आकर्षक विकल्पहरु उपलब्ध गराउँछ ।

प्रत्येक टायलले तपाईंको घर वा टायल लगाएको ठाउँलाई सुन्दर र आकर्षक देखाउन सहयोग गर्ने गरी डिजाइन गरिएको छ। गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै, कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ ।

प्रतिक्रिया