शनिबार, जेठ ३२, २०८२

मञ्जलीको ’चेन्ज माइ नेसन’ मा मकर र सुस्मिताको साथ: भ्रष्टाचारविरुद्ध युवाको साझा गर्जन

नेपालखोज २०८२ जेठ १३ गते १५:२०

काठमाडौं । र्यापर मञ्जली तामाङको ’चेन्ज माइ नेसन’ र्याप गीतले अहिले सर्वाधिक चर्चा बटुलिरहेको छ ।

गायक मकर योञ्जन र सुस्मिता स्याङ्तानको हृदयस्पर्शी आवाज सँगै मञ्जली तामाङको जोशिलो र शक्तिशाली र्याप ले गीतमा साँच्चै आगो हालिदिएको छ । रिजन बडुको सपोर्ट भोकल र जिवन बडुको कुशल संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङले यस गीतलाई अत्यन्तै व्यावसायिक र श्रोतालाई तान्ने खालको बनाएको छ ।

विवेक लोप्चनको मर्मस्पर्शी लेखन र संगीतमा तयार भएको यस गीतले नेपाली युवाको आवाजलाई विश्वमञ्चमा बुलन्द गरिरहेको छ । विशेषगरी, अंग्रेजीमा आधारित भए पनि यसमा हिन्दीको ’टच’ रहनुले यसलाई अझ बढी अन्तर्राष्ट्रिय बनाएको छ, जसले भाषाको सीमा नाघेर व्यापक दर्शकमाझ पुग्न मद्दत पुगेको छ ।

गीतको भिडियो पक्ष पनि उत्तिकै प्रभावशाली छ । निर्देशक आमिर डोङको सिर्जनात्मक सोच र बलियो कन्सेप्टलाई त्रिलोक लामाको उत्कृष्ट छायांकन र सम्पादनले जीवन्त बनाएको छ । यसले सांगीतिक भिडियोमा एउटा गहिरो र अर्थपूर्ण प्रभाव छोडेको छ ।

कुइसाङ रुम्बा, मिलन तामाङ, बी२ भाई, जनार्दन नेपाल र वर्षा कार्कीजस्ता अनुभवी अतिथि कलाकारको उपस्थिति ले भिडियोमा थप विविधता र आकर्षण थपेको छ । ’चेन्ज माइ नेसन’ ले केवल मनोरञ्जन मात्र दिँदैन, यसले देशका ज्वलन्त र गम्भीर समस्यामाथि निर्मम प्रहार गर्छ।

भ्रष्टाचार, बेरोजगारी, मानव बेचबिखन, मानव अधिकार हनन, र असफल नेतृत्व जस्ता विषयलाई गीतले साहसिक ढंगले उठाएको छ ।

प्रतिक्रिया