शनिबार, जेठ ३२, २०८२

फोरमका पदाधिकारीहरुले राष्ट्र बैंकको गभर्नर पौडेललाई दिए बधाई

नेपालखोज २०८२ जेठ १३ गते १७:०२

काठमाडाैं । नेपाल इन्भेष्टर्स फोरमका पदाधिकारीले नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरको रुपमा नियुक्त भएका डा.विश्वनाथ पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

सोमबार नेपाल राष्ट्र बैंक गएर फोरमका पदाधिकारीहरुले नवनियुक्त गभर्नरलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

आगामी दिनमा पूँजीबजार विकास र विस्तारका लागि नेपाल राष्ट्र बैंकसँग हातेमालो गर्दै पौडेलको कार्यकालमा पूँजीबजारले नयाँ उचाई चुम्नेमा विश्वस्त रहेको फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए ।

तेश्रो त्रैमासिक समीक्षामा पूँजीबजारसँग सम्बन्धित जोखिम भार १२५ बाट घटाई १०० कायम गर्ने लगानीकर्ताको वर्षौंदेखिको माग पूरा भएकोमा ढकालले पौडेलको प्रशंसा समेत गरे ।

प्रतिक्रिया