केरला : डुबेको ‘कन्टेनर जहाज’बाट तेल चुहावट रोक्ने पहल जारी

बेङ्लोर, भारत । भारतको केरला राज्य सरकारले एक दिनअघि दक्षिणी तटमा डुबेको ‘जोखिमयुक्त’ कार्गो बोकेको कन्टेनर जहाजबाट तेल चुहावट रोक्न सोमबार भारतीय तटरक्षकले आफ्नो प्रयासलाई निरन्तरता दिएका छन् ।
लाइबेरियाली झण्डा बाहक १८४ मिटर (६०३ फिट) लामो मालवाहक जहाज (एमएससी ईएलएसए ३) आइतबार केरलाको सामुद्रिक तटमा दुर्घटनाग्रस्त भएको थियो ।
उक्त जहाजमा ६४० कन्टेनर थिएभने जसमध्ये १३ वटा जीवनका लागि हानिकारक मानिने कार्गो र १२ वटा क्याल्सियम कार्बाइड थिए । उक्त जहाजमा करिब ३७० टन इन्धन र तेल पनि थियो ।
केरला सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “तट रक्षकले दुई जहाजको प्रयोग गरेर तेल फैलन नदिने प्रयास गरिरहेका छन् । ‘डोर्नियर विमान प्रयोग गरेर तेल नष्ट गर्न धुलो छर्किने काम भइरहेको छ,’ वित्रप्तिमा भनिएको छ ।
भारतीय रक्षा मन्त्रालयले कोचीबाट करिब ३८ नटिकल माइल दक्षिणपश्चिममा आएको बाढीका कारण जहाज डुबेको थियो । जहाज डुबेका कारण केरलाको तटीय क्षेत्रमा यसबाट पर्नसक्ने संवेदनशील सामुद्रिक पारिस्थतिक प्रणालीप्रति चिन्ता व्यक्त गरिएको छ ।
सरकारले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको छ र मानिसहरूलाई कुनै पनि कन्टेनरलाई नछुन वा सम्पर्क नगर्न चेतावनी दिएको छ । भारतीय बन्दरगाह भिझिन्जम र कोचीको बीचमा यात्रा गरिरहेको उक्त जहाज शनिबार डुबेको हो । रासस/एएफपी
प्रतिक्रिया