शनिबार, जेठ २५, २०८२

राष्ट्रपतिलाई आगामी बजेटबारे जानकारी

नेपालखोज २०८२ जेठ १४ गते ११:२०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटबारे जानकारी गराएका छन् । संवैधानिक व्यवस्थाअनुसार सरकारले यही जेठ १५ गते बजेट ल्याउँदै छ ।

सोही बजेटका बारेमा अर्थमन्त्री पौडेलले आज राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । बजेट अघि आज अर्थमन्त्री पौडेलले संसद्मा आर्थिक सर्वेक्षण पेश गर्नेछन् ।

प्रतिक्रिया