बिहीबार, जेठ १६, २०८२

झण्डै १ अंकले बढ्दा ६ अर्ब ५२ करोडको शेयर किनबेच

नेप्सेमा सामान्य अंकले करेक्सन

नेपालखोज २०८२ जेठ १४ गते १५:३७

काठमाडौं । नेप्सेमा सामान्य करेक्सन देखिएको छ । अघिल्लो दिन ५ दशमलव २१ अंकले घटेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार भने शुन्य दशमलव ८५ अंकले बढेर २६ सय ७५ दशमलव ६२ अंकमा पुगेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ० दशमलव ८७ अंकले बढेर ४ सय ५६ दशमलव ९६ अंकमा पुगेको छ । नेप्सेमा आज ३ सय १८ वटा कम्पनीहरुको ५९ हजार ५ सय ३३ पटकको कारोबारमा १ करोड ४२ लाख ९९ हजार तीन सय ९४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार पाँच सय ८१ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा छ वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक ५ दशमलव ५७ अंकले बढेर १३ सय ९३ दशमलव ९७ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि ८९ दशमलव ८९ अंकले बढेर ५४ सय ९८ दशमलव ६६ अंकमा पुगेको छ ।

जलबिद्युत समुहको सुचक पनि ५ दशमलव १२ अंकले बढेर ३४ सय ४० दशमलव ३२ अंकमा चढेकोमा होटल तथा पर्यटन, उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि क्रमशः २ दशमलव ५९, १३ दशमलव ५७, ० दशमलव ४ र ४१ दशमलव ३० अंकले बढेका छन् ।

फाईनान्स समुहको सुचक भने १२ दशमलव ९४ अंकले घटेर २३ सय ९४ दशमलव ४८ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ७५ दशमलव ७२ अंकले घटेर १३ हजार २ सय ३१ दशमलव ३४ अंकमा झरेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ५१ दशमलव ६० अंकमा झरेकोमा लगानी, लघुवित्त र अन्य समुहको सुचक पनि क्रमशः ० दशमलव ३२, ४८ दशमलव ५ र ४ दशमलव ८६अ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्पोेरेट डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो गुराँस लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने युनिभर्सल पावर कम्पनी लिमिटेड परेको छ ।

प्रतिक्रिया