नेता कोइरालाकाे टिप्पणी : जेठ १५ गतेलाई लिएर ओलीले दिएको अभिव्यक्ति निरंकुशताको सुरुवात

नेपालखोज २०८२ जेठ १३ गते २०:३२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेठ १५ गते काठमाडौंलाई नियन्त्रणमा राख्ने ओलीकाे अभिव्यक्ति निरंकुशताको सुरुवात भएको टिप्पणी गरेका छन् ।

मंगलबार विराटनगरमा जिपी कोइराला लेवर फाउण्डेशन नेपालले आयोजना गरेको कार्यक्रममा कोइरालाले अरुलाई निषेध गर्ने गरि आएको ओलीको अभिव्यक्ति निरंकुशताको सुरुवात भएको टिप्पणी गरेका हुन् । उनले अब पनि कांग्रेस नेतृत्वले बुझ्न नसके कांग्रेस डुव्दै जाने तर्क गरे ।

उनले सत्तासाझेदार दलको हैसियतले कांग्रेसले यस अवस्थालाई सम्हाल्न सक्नुपर्ने धारणा राखे । उनले नीतिगत भ्रष्टाचारका नाममा मुलुक जर्जर बनाउने कार्य भईरहेकोले समयमा नै नियन्त्रण गर्नुपर्ने जिकिर गरे ।

भ्रष्टाचार र दण्डहिनताका कारण मुलुक संकटमा पर्दै गएकाले राजनैतिक दलका नेता सचेत र सजग हुनुपर्ने उहाले बताए ।रे ।

प्रतिक्रिया