१७ अंकले बढ्दा ८ अर्ब ५८ करोडको शेयर किनबेच
पुन उक्लियो शेयर बजार

काठमाडौं । शेयर बजार परिसूचक नेप्से पुन उकालो लागेको छ । अघिल्लो दिन झन्डै १ अंकले उकालो लागेको नेप्से साताको चौथो कारोबार दिन आज बुधवार पुन १७ दशमलव ४४ अंकले उकालो लागेर २६ सय ९३ दशमलव ६ अंकमा पुगेको छ ।
क वर्गका कम्पनीहरूको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ४ दशमलव २३ अंकले उक्लिएर ४ सय ६१ दशमलव २० अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय २३ वटा कम्पनीहरूको ७७ हजार तीन सय १६ पटकको कारोबारमा दुई करोड सात लाख ५९ हजार पाँच सय ४७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ५८ करोड ६० लाख चार हजार तीन सय ३४ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरूको शेयर कारोबार भएकोमा चार वटा समूहहरूको सूचक घटेर बाँकी समूहहरूको सूचक बढेको छ । सो मध्ये वाणिज्य बैंक समूहको सूचक २६ दशमलव २७ अंकले बढेर १४ सय २० दशमलव २४ अंकमा पुगेकोमा विकास बैंक समूहको सूचक पनि ७१ दशमलव २८ अंकले बढेर ५ हजार ५ सय ६९ दशमलव ९५ अंकमा पुगेको छ ।
फाइनान्स समूहको सूचक पनि ४ दशमलव ४३ अंकले बढेर २३ सय ९७ दशमलव १६ अंकमा पुगेकोमा जलविद्युत समूहको सुचक पनि ३० दशमलव ७३ अंकले बढेर ३४ सय ७१ दशमलव ६ अंकमा पुगेको छ । होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, सामूहिक लगानी कोष र व्यापार समूहको सूचक पनि क्रमशः ५४ दशमलव ९३, ० दशमलव ३, ४७ दशमलव ७०, ० दशमलव २ र १ दशमलव ६५ अंकले बढेका छन् ।
जीवन बिमा समूहको सूचक भने ३२ दशमलव ५६ अंकले घटेर १३ हजार २ सय १ दशमलव ५६ अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक पनि ३२ दशमलव ७४ अंकले घटेर १२ हजार ४ सय ११ दशमलव ३२ अंकमा झरेको छ । यसै गरी लघुवित्त र अन्य समूहको सूचक पनि १२ दशमलव ६१ र १ दशमलव ४२ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरूको सुचीमा पहिलो स्थानमा ओम मेगाश्री फर्मासिटिकल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा बाराही हाइड्रो पावर कम्पनी लिमिटेड परेको छ । यसै गरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने ङादी ग्रुप पावर लिमिटेड पहिलो स्थानमा परेको छ ।
प्रतिक्रिया