प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगन
नेपालखोज
२०८२ जेठ १५ गते १६:५४

काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबार अपराह्न १ः३० बजे बस्नेगरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयले सूचनामार्फत प्रतिनिधिसभाको बैठक बिहिबार दिनको १ः३० बजे बस्ने गरी तय भएको जनाएको छ ।
आज बिहान ११ः०० बजेका लागि तय भएको बैठक दुई घण्टा ढिला गरी १ः०० बजे सुरू भएको थियो । ‘भिजिट भिषा’ का विषयमा अनियमितता भएको भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षीलगायत दलले विरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो ।
निर्धारित समयमा बैठक बस्न नसकेपछि सङ्घीय संसद् सचिवालयले सूचना प्रकाशित गरी आजै पुनः ३ः३० बजे बस्ने जानकारी गराएको थियो । सभामुख देवराज घिमिरेले सहमतिका लागि प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । छलफलमा सहमति नजुटेपछि बैठक बिहीबारका लागि तय भएको हो ।
सम्बन्धित
प्रतिक्रिया