गर्भनर पौडेलविरुद्धको रिटमा कारण देखाउ आदेश जारी
नेपालखोज
२०८२ जेठ १५ गते २०:३९
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा.विश्वनाथ पौडेल नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।
सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ । मंगलबार अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले गर्भनर डा. पौडेलको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरेका थिए ।
रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञता समेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको दाबी गरिएको थियो ।
पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथसमेत गराउने निर्णय गैरकानुनी भएको जिकिर गर्दै नियुक्ति बदरको माग गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया