सफाइ पाएसँगै कारागारबाट छुटे अफताब आलम
नेपालखोज
२०८२ जेठ १५ गते २१:००

काठमाडौं । अदालतबाट सफाइ पाएसँगै पूर्वमन्त्री अफताब आलम कारागारबाट छुटेका छन् । उच्च अदालत वीरगञ्ज इजलासले आलमलाई बुधबार सफाइ दिएको छ । वीरगञ्ज अदालतबाट सफाइको पत्र प्राप्त भएसँगै उनलाई कारागारबाट छाडिएको हो ।
कांग्रेसका पूर्वसांसदसमेत रहका आलमलाई न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले सफाइ दिएको हाे । इजलासले आलमको घरमा ०६४ चैत २७ मा बम विस्फोटको प्रमाण पुष्टि हुन नसकेको ठहर गरेको छ ।
आलमलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । जिल्लाको उक्त फैसला उल्ट्याउँदै वीरगञ्ज इजलासले आलमलाई सफाइ दिएको हो । उनी ललितपुरस्थित नख्खु कारागारमा थिए ।
सम्बन्धित
प्रतिक्रिया