शुक्रबार, जेठ १७, २०८२

निरंकुशतावादीले आजको पारदर्शीयतालाई फोहोर साबित गर्ने दुष्प्रयास गरिरहेको छ : प्रधानमन्त्री ओली

नेपालखोज २०८२ जेठ १६ गते १३:०३

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशतावादीले आजको पारदर्शीतालाई फोहोर सावित गर्ने दुश्प्रयास गरिरहेको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा मूल समारोह समितिले बिहीबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरंकुशतावादीले हिजोको अंध्यारोमा लुकेको फोहोरलाई सफा देखाएर आजको पारदर्शीतालाई फोहोर सावित गर्ने दुश्प्रयास गरिरहेको बताएका हुन् ।

उनले हुकुमी आदेश तामेली मात्रै गर्न अभिशप्त समाज गणतन्त्र आएपछि निर्वाध रुपमा आफ्नो मत व्यक्त गर्न र राज्य सञ्चालनका कुनै पनि घटनालाई ‘जज’ गर्न पाउने ठाउँमा उभिएको उनले बताए । प्रधानमन्त्री ओलीले राजतन्त्रको अवस्थामा रहेको गरिवी, असमानता, अविकास र पछौटेपनबाट अहिले मुलुक निकै अगाडि बढिसकेको जिकिर गरे ।

उनले गरिबी, बेरोजगारी, भ्रष्टाचारलगाएतका मुलकुका चूनौति सामना गर्न हुकुम बक्सिने एउटा मुकुटधारी अधिनायक खोजेर नभइ लोकतान्त्रिक प्रणालीमा चुनाव मार्फत इमान्दार राजनीतिक शक्ति छनौट गरेर मात्र सामना गर्न सकिने धारणा राखे ।

जनताको निर्णय अधिकारलाई फेरि एउटा अभिजात बंशमा केन्द्रित गर्न खोज्ने प्रयास आज पनि भइरहेको भन्दै प्रधानमन्त्री ओलीले अढाइसय वर्षसम्म बदनाम शासन चलाएर देशलाई पछाौटे अवस्थामा पुर्याउने एउटा वंशको विशेषाधिकार कुनै अर्थमा पनि ठूलो हुन नसक्ने बताए । उनले गणतन्त्रलाई संस्थागत गर्दै समेत बताए ।

प्रतिक्रिया