शनिबार, जेठ १८, २०८२

सिक्टाका सिचाई परियोजनाको लागि आठ अर्ब बजेट

नेपालखोज २०८२ जेठ १६ गते १७:१२

काठमाडौं । सरकारले आर्थिक बर्ष २०८२/०८३ मा सिक्टा सिंचाइ र वृहत् दाङ सिंचाइ परियोजनाका लागि आठ अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।

संघीय संसद समक्ष अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै सो बारेमा जानकारी दिएका हुन । भेरी बबई डाइभर्सन आयोजनाको हेडवर्क र पावर हाउस निर्माण कार्य २ वर्षभित्र सम्पन्न गरिने र यसको लागि दुई अर्ब सात करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

बजेट मार्फत सरकारले आगामी आवको लागि सिंचाइ प्रणालीको मर्मतमा एक अर्ब ८२ करोड विनियोजन गरेको छ ।

प्रतिक्रिया