वाग्मतीलगायत काठमाडौं उपत्यकाका नदीहरुलाई स्वच्छ बनाइने

काठमाडौं । वाग्मतीलगायत काठमाडौं उपत्यकाका नदीहरुलाई स्वच्छ बनाउन आवश्यक पूर्वाधार निर्माण गर्ने कार्यक्रमलाई सरकारले निरन्तरता दिने भएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा काठमाडौँ उपत्यकाका नदीहरुलाई स्वच्छ बनाउने उल्लेख गरिएको हो ।
काठमाडौं उपत्यकाका नदी किनारका करिडोर सडकलाई विस्तार गर्दै लगिने अर्थमन्त्री पौडेलले बताए । यसका लागि रु तीन अर्ब ४२ करोड बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
वाग्मती स्वच्छ बनाउन आर्थिक वर्ष २०५०र५१ देखि नै बजेट विनियोजनसहित अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको स्थापना गरे पनि अझै नदी सफा हुन सकेको छैन ।
सरकारले आर्थिक वर्ष २०५०र५१ देखि नै विनियोजन गरेको बजेट सदुपयोग नभएकाले वाग्मतीलगायत काठमाडौं उपत्यकाका नदी सफा हुन नसकेको गुनासो सुनिने गरेको छ । -रासस
प्रतिक्रिया