यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

नेपालखोज २०८२ जेठ १६ गते ८:०९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ६५ रुपैयाँ, आलु रातो प्रतिकिलो ३७ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ३९ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो १२ रुपैयाँ, काउली (स्थानीय) प्रतिकिलो ३० रुपैयाँ, मूला रातो प्रतिकिलो ४० रुपैयाँ, मूला सेतो (लोकल) प्रतिकिलो २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २०, भन्टा लाम्चो प्रतिकिलो ३० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ३५ रुपैयाँ, तनेबोडीको मूल्य प्रतिकिलो रु ७० रुपैयाँ, मकैबोडी मूल्य प्रतिकिलो ६० रुपैयाँ कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो १४० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ३० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ३५ रुपैयाँ, राजमा मूल्य प्रतिकिलो ११० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १३० रुपैयाँ, तीतो करेला प्रतिकिलो ५० रुपैयाँ, लौका प्रतिकिलो ४० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ६५ रुपैयाँ, परबर (तराई) प्रतिकिलो ६५ रुपैयाँ, चिचिण्डो प्रतिकिलो ३०, घिरौला प्रतिकिलो ४० रुपैयाँ, झिगुनी प्रतिकिलो ७० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४५ रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो २५ रुपैयाँ, भिण्डी प्रतिकिलो २५ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो १२० रुपैयाँ, रायोसाग प्रतिकिलो ३० रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो ५० रुपैयाँ, चमसुरको साग ७० रुपैयाँ, तोरीको साग प्रतिकिलो ३० रुपैयाँ, मेथीको साग प्रतिकिलो १०० रुपैयाँ, प्याज हरियो प्रतिकिलो ५० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १६०, च्याउ (डल्ले) प्रतिकिलो ३०० रुपैयाँ, कुरिलो प्रतिकिलो ४०० रुपैयाँ, निगुरो प्रतिकिलो ३० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया