शनिबार, जेठ १८, २०८२

नारायणी नदिको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

नेपालखोज २०८२ जेठ १७ गते १२:२३

काठमाडौं । चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायाणी नदिको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीको गोताखोरले सकुशल उद्वार गरेको छ ।

नारायाणी नदिमा बाध बाधी गिट्टी बालुवा निकाल्ने क्रममा बाध फुटेर नदिको बीच भागको टापुमा फसेका उनीहरुको सकुशल उद्वार गरिएको हो ।

उनीहरु नदिको बीच भागमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरुलाई बोटको सहायताले उद्वार गरेको हो । नदिको बाध फुट्दा गिट्टी बालुवा लैजान प्रयोग भएको एउटा टिपर भने सोही ठाउँमा डुवेको छ ।

प्रतिक्रिया