शनिबार, जेठ १८, २०८२

सातामा ३० अर्ब ३० करोड रुपैंयाँको कारोबार

२६ सय ९३ बिन्दुमा शेयर बजार

नेपालखोज २०८२ जेठ १७ गते १२:४९

काठमाडौं । यो साता सेयर बजार परिसूचक नेप्से २६ सय ९३ दशमलव छ बिन्दुमा कायम भएको छ । यसै गरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ६१ दशमलव २० बिन्दुमा कायम भएको छ ।

यो साता तीन सय ३७ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार दुई लाख ७७ दुई सय १० पटकको कारोबारमा सात करोड सात लाख २५ हजार तीन सय ३७ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ३० अर्ब ३० करोड ८४ लाख आठ हजार सात सय १८ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा १३ अर्ब रुपैयाँले कम हो ।

गत साता तीन सय २४ वटा कम्पनीहरूको सेयर कारोबार भएको थियो । जसअनुसार चार लाख ४० पटकको कारोबारमा नौ करोड ५४ लाख २४ हजार तीन सय २८ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ४३ अर्ब ७० करोड १५ लाख ८८ हजार नौ सय ५७ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्य दिन मात्र खुलेको थियो । जसमध्ये पहिलो र दोस्रो कारोबार दिन घटेको नेप्से त्यसपछिका बाँकी दिनहरूमा लगातार उकालो लागेको थियो ।

दैनिक शेयर कारोबारको विश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक आठ दशमलव ५७ अङ्कले ओरालो लागेर २६ सय ७९ दशमलव ९८ बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४६ अङ्कले ओरालो लागेर चार सय ५६ दशमलव ४६ बिन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचक पाँच दशमलव १९ अङ्कले ओरालो लागेर २६ सय ७४ दशमलव ७६ बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ३७ अङ्कले ओरालो लागेर चार सय ५६ दशमलव नौ बिन्दुमा झरेको थियो ।

तेस्रो कारोबार दिन मङ्गलवार भने नेप्से परिसूचक शून्य दशमलव ८५ अङ्कले उकालो लागेर २६ सय ७५ दशमलव ६२ बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८७ अङ्कले उकालो लागेर चार सय ५६ दशमलव ९६ बिन्दुमा चढेको थियो । चौथो कारोबार दिन पनि नेप्से परिसूचक १७ दशमलव ४४ अङ्कले उकालो लागेर २६ सय ९३ दशमलव छ बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव २३ अङ्कले उकालो लागेर चार सय ६१ दशमलव २० बिन्दुमा चढेको थियो । पाँचौँ कारोबार दिन भने सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल पुर्नबीमा कम्पनी, राधी जलबिद्युत कम्पनी, ङादी ग्रुप पावर लिमिटेड आदि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा ङादी ग्रुप पावर लिमिटेड, बाराही हाईड्रोपावर कम्पनी लिमिटेड अगाडि देखिएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।

दैनिक सेयर कारोबार तालिका
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता संख्या कारोबार रकम

पहिलो दिन ३१४ ७०६१० १८५०५७७१ ७६०९५४२२१२
दोस्रो दिन ३३७ ६९६५१ १७१६०६२५ ७५८५०२२५९०.९२
तेस्रो दिन ३१८ ५९६३३ १४२९९३९४ ६५२७८३९५८१.५४
चौंथो दिन ३२३ ७७३१६ २०७५९५४७ ८५८६००४३३४.२५
पाँचौं दिन सार्वजनिक बिदा
कुल ३३७ २७७२१० ७०७२५३३७ ३०३०८४०८७१८.७१
(श्रोत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

प्रतिक्रिया