आइतबार, जेठ १९, २०८२

चीनसँग नयाँ व्यापार तनाव हुनसक्ने ट्रम्पद्वारा संकेत

नेपालखोज २०८२ जेठ १७ गते २०:२१

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले कर वृद्धि कम गर्ने सम्झौताको ‘उल्लङ्घन’ गरेको भन्दै चीनसँग नयाँ व्यापार तनावको संकेत गरेका छन् ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनसँगको व्यापार वार्ता ‘केही हदसम्म अवरुद्ध’ भएको बताएको केही घण्टापछि ट्रम्पले ट्रुथ सोसल प्लेटफर्म नामक आफ्नै लगानीको सामाजिक सञ्जालमा नयाँ व्यापार तनावको संकेत गरेका हुन् ।

जेनेभामा उच्च अधिकारीबीच भएको वार्तापछि विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकले एकअर्कामाथि लगाएको उच्च करलाई अस्थायी रुपमा घटाउन यसै महिना सहमति जनाएका थिए ।

उनले चीनसँग संयुक्त राज्य अमेरिकाको व्यापार घाटा ‘अझै पनि व्यापक रहेको’ र वासिङ्टनले बेइजिङको व्यवहारमा ठूलो परिवर्तन नदेखेको बताए ।

बिहीबार बेसेन्टले ट्रम्प र उनका चिनियाँ समकक्षी सी चिनफिङ यस परिस्थितिबारे कुराकानी गर्नसक्ने बताएका थिए ।

प्रतिक्रिया