नारायणहिटी दरबार आसपास निषेधित क्षेत्र घोषणा
नेपालखोज
२०८२ जेठ १७ गते २१:५०

काठमाडौं । काठमाडौंको नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको आदेश पत्रमा केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहलाय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र शालिक हुँदै संग्रहालयको दक्षिण गेटसम्म निषेधित क्षेत्र घोषणा गरेका हुन् ।
राजावादी सडक प्रदर्शनमा सक्रिय भएपछि प्रशासनले निषेधित क्षेत्र तोकेको हो । पछिल्लो समय राजावादी काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

सम्बन्धित
प्रतिक्रिया