मुख्यमन्त्री आचार्य गरे समाज सेवाको भावना पुन:जागृत गर्न आह्वान

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हराउँदै जान थालेको समाज सेवाको भावनालाई पुनःजागृत गर्न अभियान केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको छैटौँ वार्षिक साधारणसभाको आज बुटवलमा उद्घाटन गर्दै उनले समाज सेवाको भावना हराउँदै जाँदा मानवीय सेवासमेत कमजोर बन्ने जोखिम रहेको उल्लेख गरे ।
‘समाज सेवाको भावना कता-कता हराउँदै गइरहेको छ, आदर-सम्मानको भावना कता-कता हराउँदै गइरहेको छ’, उनले भने, ‘हामीले यसलाई जबसम्म पुनःस्थापित गर्न सक्दैनौँ, तबसम्म हामीमा रहने नैतिकता, आचरण र सद्भावका कुरा करिब–करिब मेटिँदै जान थालेका छन् ।’
मुख्यमन्त्री आचार्यले रेडक्रस अभियानलाई अझ व्यापक बनाउँदै समाज सेवाको भावना पुनःस्थापित गर्न जोड दिनुभयो । साथै विद्यालय-केन्द्रित कार्यक्रम सञ्चालन गरेर अभियानलाई जनस्तरसम्म पुर्याउन उनले आह्वान गरे । उनले लुम्बिनी प्रदेशलाई सबै खाले विपद्बाट सुरक्षित बनाउने गरी सरकारले विपद्प्रति कार्यको योजनालाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिए ।
प्रतिक्रिया