‘एक घर, एक धारा’ बनेपछि स्थानीय हर्षित

बागलुङ । जिल्लाको विकट मानिने निसीखोला गाउँपालिका–६ स्थित भल्कोट र बुढाथोकमा ‘एक घर, एक धारा’ निर्माण गरिएको छ ।
गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को सहलगानीमा भल्कोट र बुढाथोक गाउँका ९४ घरमा ‘एक घर, एक धारा’ निर्माण गरिएको हो । वर्षौँदेखि सीमित धाराबाट पानी उपभोग गर्दै आएका स्थानीय हाल आँगनमै धारामा पानी आउपछि दङ्ग छन् ।
भल्कोट गाउँमा मोराखेला खानेपानी आयोजनामार्फत धारा निर्माण गरिएको हो । यहाँ नेवाको १३ लाख ३० हजार ११३ रुपैयाँ, गाउँपालिकाको सात लाख ७७७ रुपैयाँ र जनश्रमदान आठ लाख छ हजार ३७१ रुपैयाँ गरी कूल २८ लाख ३७ हजार २६१ रुपैयाँ मा ५५ धारा निर्माण गरिएका छन् । भल्कोट गाउँमा चार हजार ९१५ मिटर टाढा रहेको मोराखोलाबाट पाइपलानमार्फत पानी घरघरमा पुर्याइएको हो ।
नेवा बागलुङका कार्यक्रम अधिकृत विनोद कोइरालाका अनुसार आयोजना सम्पन्न भएर धारामा पानी आउन थालेको छ । यस्तै, बुढाथोकमा नेवाको ११ लाख ५५ हजार १५ रुपैयाँ, गाउँपालिकाको छ लाख ६४ हजार ९५५ रुपैयाँ र जनश्रमदान छ लाख ५७ हजार ९०८ रुपैयाँ ठ गरी कूल २४ लाख ७७ हजार ८७८ रुपैयाँ मा ३९ धारा निर्माण गरिएको उनले जानकारी दिए ।
यस गाउँमा दुई सय मिटर लामो दूरीमा रहेको मुहानबाट पाइपमार्फत घरघरमा पानी पुर्याएको छ । गल्कोट र बुढाथोक गाउँमा लामो समयदेखि खानेपानीको समस्या रहेको र स्थानीयका मागपछि पालिकासँगको सहकार्यमा धारा निर्माण गरिएको कोइरालाले बताए ।
घर-घरमा पानी आएपछि स्थानीय हर्षित भएका छन् । यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुँदै आएकामा आयोजनाको संरचना जीर्ण भएपछि नियमित आपूर्तिमा समस्या रहेको स्थानीय रामकुमारी बुढा मगरले बताउनुभयो । स्थानीयलाई खान, स्नान र कपडा धुनका लागि निकै समस्या हुने गरेको उनको भनाइ छ ।
निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले सबै नागरिकलाई घर–घरमा स्वच्छ खानेपानीको सुविधा दिने गरी काम गरिएको बताए । अधिकांश गाउँ बस्तीमा ‘एक घर, एक धारा’ निर्माण भएर सञ्चालनमा आएको र बाँकी बस्तीमा पनि गाउँपालिकाले विभिन्न संस्थासँग सहकार्य गरेर पानी पु¥याउने काम गरिरहेको उनले जानकारी बताए ।
प्रतिक्रिया