आइतबार, जेठ १९, २०८२

बाढीका कारण कोशी राजमार्गको धरान-धनकुटा सडकखण्ड सञ्चालनमा समय लाग्ने

नेपालखोज २०८२ जेठ १८ गते १४:०७

काठमाडौं । बाढीका कारण कोशी राजमार्गको धरान-धनकुटा सडकखण्ड सञ्चालनमा केहि समय लाग्ने भएको छ ।

अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले साागुरीगढी गाउँपालिका-६ स्थित फेदीको १०० मिटर सडक नै बगाएपछि उक्त सडकखण्ड सञ्चालनमा केहि समय लाग्ने भएको हो ।

यातायात सञ्चालनका लागि सडक डिभिजन कार्यालय धनकुटासँग समन्वय भएपनि बाढी कम नभएसम्म बैकल्पिक मार्ग खुलाउन नसकिने प्रहरीले जनाएको छ । सडक नै बगाएपछि पैदलै हिड्नेलाई समेत कठिनाइ भएको छ ।

सडक अवरोध हुँदा कोशी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईबाट धनकुटा हुँदै भोजपुर, सङ्खुवासभा, ताप्लेजुड, पाँचथर यातायात ठप्प भएको छ ।

प्रतिक्रिया