नाडाले भन्यो, बजेट अटोमोवाईल मैत्री
नेपालखोज
२०८२ जेठ १८ गते १७:०१

काठमाडौं । नेपाल अटोमोवाईल डिर्लस एशोसिएसनले बजेट अटोमोवाईलमैत्री भएको धारणा व्यक्त गरेको छ ।
नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील एवं चलायमान बनाउन नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले विभिन्न मितिमा नेपाल सरकारको मन्त्रालय एवं विभागमा विभिन्न नीतिगत सुझाव एवं सल्लाह दिएको थियो ।
नाडाको नीतिगत सुझावहरुलाई मननगरी आर्थिक बर्ष २०८२/०८३ को बजेट अटोमोवाइल मैत्री आएको नाडाको भनाई छ ।
खाशगरी यस बजेटले नेपालको अटोमोवाइल क्षेत्रको बर्षौ देखिको माग र आवाजलाई समेटेको छ ।
यो बजेट व्यवसाय मैत्री रहेको र यस बजेटले उद्यमी र व्यवसायीहरुलाई प्रोत्साहित मात्र गरेको छैन अपितु यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ भन्ने गहिरो आशा राख्दै अव हामीले आउदो मोद्रिक नीति समेत यसै अनुरुप आउने अपेक्षा समेत राखेका छौ । नाडाले भन्यो ।
सम्बन्धित
प्रतिक्रिया