दुई हजार भन्दा बढी अफगान परिवार स्वदेश फिर्ता
नेपालखोज
२०८२ जेठ १८ गते १६:४३

काठमाडौं । बिहीबार र शुक्रबार नौ हजार २८८ सदस्यसहित कुल दुई हजार २०२ अफगान परिवार छिमेकी मुलुक इरान र पाकिस्तानबाट घर फर्केको अफगानिस्तानको सर्वोच्च आयोगले जनाएको छ ।
आयोगले फर्कनेको समस्या सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको शनिबार जनाएको छ । आयोगले स्वदेश फर्कनेलाई अस्थायी शरण, खाना, पानी, चिकित्सा सेवा र यातायात सेवा प्रदान गर्नेगर्छ ।
करिब ७० लाख अफगान शरणार्थीमध्ये अधिकांश कागजात विहीन आप्रवासी हाल विदेशमा बसिरहेका छन्, जस मध्ये अधिकांश इरान र पाकिस्तानमा रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया