सोमबार, जेठ २०, २०८२

‘वर्तमान राजनीतिक व्यवस्थालाई सुदृढ बनाउनुपर्छ’

नेपालखोज २०८२ जेठ १८ गते २०:३५

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको ठूलो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त सङ्घीय गणतन्त्रात्मक शासन पद्धतिलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

व्यवस्थापन सङ्घ नेपालको आज यहाँ आयोजित पाँचौँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रममा उनले लोकतन्त्र, समावेशिता र समानुपातिक निर्वाचन प्रणाली राजनीतिक उपलब्धि भएका बताए । उनले यी उपलब्धिको संस्थागत विकासमा जोड दिए ।

अध्यक्ष दाहालले देशको नीतिनिर्माणको स्थलमा आफू भएको नाताले ऐन, कानुन निर्माण, संविधान संशोधन वा अन्य जटिलता अन्त्य गर्न आफू क्रियाशील रहेको बताए । उनले सबैलाई संविधानको दायराभित्र रहेर गणतान्त्रिक शासन व्यवस्थालाई सबल बनाउनुपर्ने विचार व्यक्त गरे ।

प्रतिक्रिया